नियम १०
अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार
अपाङ्ग घर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) अपाङ्ग घरको दीर्घकालीन नीति र योजना तर्जुमा गर्न सञ्चालक समितिलाई सहयोग गर्ने ।
(ख) स्वीकृत नीति र योजना अनुरुप अपाङ्ग घरको वार्षिक कार्यक्रम र वजेट तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिमा पेश गर्ने ।
(ग) सञ्चालक समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने ।
(घ) अपाङ्ग घरको दैनिक कार्य सञ्चालन गर्ने गराउने र त्यसको सुपरीवेक्षण गर्ने ।
(ङ) अपाङ्ग घरको कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गराउने र प्रगति विवरणहरु सञ्चालक समितिको बैठकमा पेश गर्ने ।
(च) अपाङ्ग घरको आर्थिक कारोवार गर्ने र सोको लेखा ठीकसंग राख्ने ।
(छ) सञ्चालक समितिबाट प्रत्यायोजित एवं निर्देशित अन्य कार्य गर्ने, गराउने ।